पात्रो

रेडियो

समाचार खोजी

राष्ट्र बैंकले एक खर्ब रुपैयाँ निक्षेप संकलन गर्ने

साझा अर्थ संवाददाता ६ साउन २०८३, बुधवार

काठमाडौँ, ६ साउन: बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले बजारबाट ठूलो मात्रामा निक्षेप संकलन गर्ने भएको छ। केन्द्रीय बैंकको मौद्रीक व्यवस्थापन विभागले आज एक सूचना जारी गर्दै निक्षेप संकलन उपकरणमार्फत कुल १ खर्ब रुपैयाँ खिच्न लागेको जानकारी दिएको छ। बजारमा तरलताको दबाब बढेपछि केन्द्रीय बैंकले यो वित्तीय औजार प्रयोग गरेको हो।

राष्ट्र बैंकका अनुसार यस निक्षेप संकलनको परिपक्वता अवधि ८३ दिनको रहनेछ र यसको साँवा तथा ब्याज आगामी असोज २७ गते भुक्तानी हुनेछ। यसका लागि आज दिउँसो ३:०० बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयरमार्फत बोलकबोल प्रक्रिया खुला गरिएको छ। ब्याजदर पनि सोही बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने यसमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि कुल आह्वान रकमसम्मका लागि बहुविध दरमा समेत आवेदन दिन सक्नेछन्।

यस प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन योग्य हुनेछन्। संकलन हुने रकम बैंकहरूको लगानी पोर्टफोलियोमा गणना हुने भए पनि यसलाई अनिवार्य नगद मौज्दात (CRR) मा भने प्रयोग गर्न पाइने छैन, यद्यपि वैधानिक तरलता अनुपात (SLR) र अन्य तरलता अनुपातमा भने यो गणना हुनेछ। केन्द्रीय बैंकले यस उपकरणमा पूर्व-परिपक्वता भुक्तानी (प्रि-मचुरिटी) को सुविधा नहुने स्पष्ट पारेको छ।

7 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु