पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा भारी वृद्ध

साझा अर्थ संवाददाता ६ साउन २०८३, बुधवार

काठमाडौँ, ६ साउन: नेपाली बजारमा आज सुनको मूल्यमा ठूलो उछाल आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ५ हजार ४ सय रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। यससँगै आजको बजारमा छापावाल सुन प्रतिताला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। यसअघि मंगलबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ५ हजार ४ सय रुपैयाँले नै वृद्धि भई प्रतिताला २ लाख ९० हजार ३ सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन तेजाबी सुन प्रतितोला २ लाख ८४ हजार ९ सय रुपैयाँमा किनबेच भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि उल्लेख्य वृद्धि भएको छ। आज चाँदीको भाउ प्रतितोला ११ सय रुपैयाँ होइन, ११५० होइन, १ सय १० रुपैयाँले बढेर ४ हजार ४ सय ८० रुपैयाँ पुगेको छ। अघिल्लो दिन बजारमा चाँदी प्रतितोला ४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा आएको तीव्र उतारचढावका कारण स्थानीय बजारमा मूल्यले यो नयाँ रेकर्ड कायम गरेको हो।

5 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु