पात्रो

रेडियो

समाचार खोजी

एसियाली मुलुकमा पुनः तिब्र रूपमा फैलिँदै कोरोना भाइरस

साझा अर्थ संवाददाता ६ जेठ २०८२, मङ्गलवार

काठमाडाै‍ः कोभिड–१९ (कोरोना भाइरस)को सङ्क्रमण फेरि देखा पर्न थालेको छ। खासगरी एसियाली मुलुकमा बिस्तारै सङ्क्रमण फैलिन थालेको हो।

हङकङमा एक सातामै ३० प्रतिशत सङ्क्रमण बढेको बताइएको छ। चीन र थाइल्याण्डमा पनि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

हङकङमा १० मई २०२५ भन्दा एक साता अघि एक हजार ४२ जनामा कोभिड–१९ सङ्क्रमण पाइएको थियो। त्यसको अघिल्लो साता यो सङ्ख्या ९७२ थियो। जबकि मार्चको सुरुवाती एक सातामा यो सङ्ख्या केवल ३३ थियो। मार्च यता हङकङमा कोभिड–१९ को सङ्क्रमण लगातार बढ्दै गएको हो।

पोजेटिभिटी दर पनि लगातार बढ्दै गएको बताइएको छ। १ मार्चको अघिल्लो सातासम्म पोजेटिभिटी दर शून्य दशमलव ३१ प्रतिशत रहेकोमा ५ अप्रिलसम्म यो दर बढेर ५.०९ प्रतिशत पुगेको थियो। १० मई भन्दा अघिको सातामा यो दर बढेर १३.६६ प्रतिशत पुगेको बताइएको छ।

सिंगापुरमा पनि २७ अप्रिलको अघिल्लो साता ११ हजार १०० जना सङ्क्रमित थिए। ३ मईको अघिल्लो सातासम्म यो सङ्या बढेर १४ हजार २०० पुगेको छ। अर्थात्, एक सातामै सङ्क्रमण ३० प्रतिशतले बढेको थियो।

अस्ट्रेलियामा समेत कोभिड–१९ सङ्क्रमण देखिएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) स्थगित भएको समयमा अस्ट्रलिया पुगेका क्रिकेटर ट्राभिस हेड कोभिड–१९ सङ्क्रमित भएका छन्। आईपीएल पुनः सुरु भए पनि सङ्क्रमित भएकै कारण उनी भारत आउन ढिला हुने भएको सनराइजर्स हैदरावादका प्रशिक्षक डानियल भिटोरीले जनाएका छन्।

 

 

207 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता