दोलखाः गौरिशंकर गाउँपालिका वडा नम्बर एक तथा तीनको सिमा क्षेत्रमा बग्ने झ्याँकु खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ ।
सिद्धको थान– जुँगु–झ्याँकु–तिनेखु सडक अन्तर्गत झ्याँकु खोलामा पक्की पुल निर्माण सम्पन्न भएको जिल्ला पूर्वाधार विकास कार्यालय दोलखाका प्रमुख हरिप्रसाद ओझाले जानकारी दिनुभयो । बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत ठेक्का बाट सो पुलको निर्माणकालागि निर्धारित समय अगावै पुल निर्माण सम्पन्न भएको उहाँको भनाई हरेको छ ।
पुल निर्माणकोलागि २०८१ साल जेठ १६ गते श्री एम एम/प्रसान्त जेभी सँग ७ करोड ४२ लाख ४८ हजारमा निर्माण सम्भौता सम्पन्न भएको थियो । २०८२ मंशिर १५ गते सम्म पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का लगाइएतापनि २०८२ साल बैशाख २३ गते नैं निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दोलखाले जनाएको छ । ठेक्का सम्झौता भन्दा सात महिना अगावै पूलको निर्माण सम्पन्न भएको कार्यालयको भनाई रहेको छ ।
स्टील प्लेट गार्डर प्रकारको सो पुलको लम्बाई ३० दशमलब ६ मिटर तथा एक स्पानको रहेको छ । सो पुल निर्माण बाट गौरिशंकर गाउँपालिकाका उत्तरी भेगका वासिन्दालाई यत्रा गर्न सहज हुने छ ।
साझा अर्थ संवाददाता