पात्रो

रेडियो

समाचार खोजी

साउनमा ५९  हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिए

साझा अर्थ संवाददाता ८ भदौ २०८१, शनिवार

चालु आर्थिक वर्ष २०८० \०८१ को पहिलो महिना साउन महिनामा मात्र ५९  हजार ५९७ नेपाली रोजगारीको खोजीमा विदेशिएका छन् । अघिल्लो आर्थिक  वर्षको साउन महिनामा  ५५ हजार ५७५ श्रमिक विदेश गएका थिए । 

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङक अनुसार चालु आव २०८१\०८२ साउनमा श्रम स्वीकृति लिएर ५९ हजार ५५० जना नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।  साउनमा २५ हजार ५९७ जनाले  संस्थागत रूपमा श्रम स्वकृति लिएका छन् भने  १० हजार ७५३ जनाले व्यक्तिगत श्रम स्वीकृति लिएका छन् । त्यस्तै जीटूजी मार्फत ६६८ जना गएका छन् ।

साउनमा ५१ हजार ४३० जना पुरुष र ८ हजार ११४ जना महिला वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांक छ ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ