काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण पाँच अर्व २६ करोड नोक्सानीमा रहेको जानकारी दिएको छ । शुक्रबार नेपाल विद्युत प्राधिकरणको श्वेतपत्र जारी गर्न आयोजित पत्रकार सम्मेलनमा शाक्यले भने ‘आगामी दिनमा प्राधिकरणको भावी योजना बनाउन, आफ्नो कार्यकालमा हुने कामको मूल्यांकन गर्नका लागि श्वेतपत्र जारी गरिएको हो ।’ उनले भने ‘मैल कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेसङ्गै गरिएको कार्यसम्पादन मूल्यांकनका लागि पनि यो आवश्यक थियो ।’ शाक्यले आर्थिक वर्ष २०८०÷०८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहे पनि तर आयकर ऐनको प्रावधान अनुसार थप हासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिएको बताए ।
साझा अर्थ संवाददाता