नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकै दिन तोलामा ६ हजार ९०० रुपैयाँ बढेर २ लाख नजिक पुगेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँमा किनबेच भइरहेको हो। आज कायम सुन मूल्य हालसम्मकै उच्च हो।
आज चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १ हजार ९६० रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको छ। आज चाँदी प्रतितोलामा १० रुपैयाँले बढेको छ।
साझा अर्थ संवाददाता