पात्रो

रेडियो

समाचार खोजी

कृषि विकास बैंकका ग्राहकलाई कर्जा चुक्ता गर्न अल्टिमेटम

साझा अर्थ संवाददाता ७ साउन २०८३, बिहिवार

काठमाडौँ, ७ साउन: कृषि विकास बैंक लिमिटेडले विभिन्न शाखाहरूबाट कर्जा लिई समयमा नै साँवा तथा ब्याज नबुझाउने ऋणीहरूलाई तत्काल कर्जा चुक्ता गर्न सार्वजनिक सूचना जारी गरेको छ। बैंकले लामो समयदेखि भाखा नाघेका ऋणीहरूलाई लक्षित गर्दै तोकिएको अवधिसित्र बक्यौता रकम भुक्तानी गर्न आग्रह गरेको हो। पटकपटक ताकेता गर्दा पनि ऋण नतिर्ने ग्राहकहरूलाई अब बैंकले नियमानुसार कालोसूचीमा सिफारिस गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ।

बैंकको कर्जा असुली विभागद्वारा जारी सूचनामा उल्लेख भएअनुसार, बैंकको नियम र सर्तको पालना नगरी ऋणको किस्ता तथा ब्याज नियमित नगर्ने ऋणीहरूले अबको निश्चित समयावधिभित्र सम्पूर्ण बक्यौता चुक्ता गर्नुपर्नेछ। यदि तोकिएको मितिभित्र पनि ऋण नतिरेमा प्रचलित बैंकिङ कानुन, नेपाल राष्ट्र बैंकको निर्देशन तथा कर्जा असुली ऐन बमोजिम सम्बन्धित ऋणी तथा जमिनदारहरूको धितो लिलामी प्रक्रिया अगाडि बढाइने र कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गरिने चेतावनी दिइएको छ।

यसअघि नै विभिन्न माध्यमबाट ऋण तिर्न आग्रह गरिसकेको बैंकले यो अन्तिम अवसर भएको स्पष्ट पारेको छ। कालोसूचीमा परेपछि भविष्यमा कुनै पनि किसिमका वित्तीय कारोबार गर्न नपाइने तथा अन्य कानुनी कारबाही समेत भोग्नुपर्ने भएकाले समयमै नजिकको शाखा कार्यालयमा सम्पर्क गरी आफ्नो खाता नियमित गर्न वा कर्जा फछ्र्यौट गर्न बैंकले सबै सम्बन्धित ऋणीहरूलाई अनुरोध गरेको छ।

4 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु