पात्रो

रेडियो

समाचार खोजी

निफ्राको खुद नाफा करिब २० प्रतिशतले घट्यो

साझा अर्थ संवाददाता ७ साउन २०८३, बिहिवार

काठमाडौँ, ७ साउन: नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा १९.९८ प्रतिशतले घटेर ९ करोड ८७ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म बैंकले १२ करोड ३४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड रुपैयाँमा खुम्चिएको छ, जुन अघिल्लो वर्ष १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो। हाल २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा तथा कोषमा ३ अर्ब ७१ करोड रुपैयाँ सञ्चित छ। बैंकको कुल निक्षेप संकलन ७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा तथा सापटी प्रवाह ३१ अर्ब ४२ करोड रुपैयाँ रहेको छ भने यस अवधिमा कर्मचारी खर्च १३.५२ प्रतिशतले घटेर २३ करोड ७ लाख रुपैयाँमा सीमित भएको छ।

बैंकको प्रतिसेयर आम्दानी (EPS) ५ रुपैयाँ ७१ पैसाबाट घटेर ४ रुपैयाँ ५७ पैसामा झरेको छ भने प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ २२ पैसा कायम भएको छ। यसैगरी, बैंकको पुँजी पर्याप्तता अनुपात ७६.७६ प्रतिशतबाट घटेर ६७.१५ प्रतिशतमा आएको छ भने कोषको लागत (Cost of Funds) सामान्य घटेर ६.४६ प्रतिशत रहेको छ। चौthो त्रैमासमा बैंकको सेयर बजार मूल्य २ सय ४५ रुपैयाँ ६० पैसा रहँदा यसको मूल्य आम्दानी अनुपात (PE Ratio) ५३.७४ गुणा कायम भएको छ।

5 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु