आज शुक्रबार सुनको भाउले एकै दिन तोलामा चार हजार रुपैयाँ बढेर ऐतिहासिक उचाईमा पुगेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्यले रेकर्ड ब्रेक गर्दै १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ १ लाख ४९ हजार ६ सय ५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला २ हजार ५० रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ १ हजार ७ सय ५७ रुपैयाँ ५० पैसा तोकिएको छ ।
साझा अर्थ संवाददाता