पात्रो

रेडियो

समाचार खोजी

कृषि विकास बैङ्क सञ्चालक समितिको सदस्यमा सेवन्तक पोखरेल

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखामा सहसचिव

साझा अर्थ संवाददाता १९ फागुन २०८१, सोमवार

काठमाडौं । कृषि विकास बैङ्क लिमिटेड बैङ्क सञ्चालक समितिको सञ्चालक सदस्यमा  सेवन्तक पोखरेल मनोनयन हुनु भएको छ । नेपाल सरकारको निर्णयानुसार कृषि विकास बैङ्क सञ्चालक समितिको सञ्चालक सदस्यमा पोखरेल मनोनयन हुनु भएको हो ।
नवनियूक्त सञ्चालक सदस्य सरकारी सेवाको लामो अनुभव हुनुका साथै हाल अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको सहसचिव पदमा कार्यरत हुनुहुन्छ । बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन अनुसार नवनियूक्त सञ्चालक सदस्य सेवन्तक पोखरेललाई बैङ्क सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले सपथ ग्रहण गराउनु  भएको थियो ।
सो अवसरमा कृषि विकास बैङ्कका सञ्चालक सदस्यहरु डा.हरि बहादुर के.सी, गोविन्द प्रसाद भट्टराई, सञ्जिव पौडेल, विनोद कुमार गुरागाई, रीता सुवेदी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, बैङ्कका कम्पनी सचिव हिमलाल पौडेलसमेतको उपस्थिती रहेको थियो ।

290 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ