पात्रो

रेडियो

समाचार खोजी

दुई महिनामा पौने दुई लाख पर्यटक भित्रिए

साझा अर्थ संवाददाता १९ फागुन २०८१, सोमवार

२०२५ को पहिलो दुई महिना जनवरी र फेब्रुअरीमा पर्यटक आगमन सामान्य बढेको छ । गत वर्षको पहिलो दुई महिनामा एक लाख ७६ हजार पाँच सय २६ पर्यटक भित्रिएकामा यस वर्षको सोही अवधिमा एक लाख ७६ हजार आठ सय ७१ पर्यटक भित्रिएका छन् । यस वर्षको पहिलो महिना जनवरीमा ७९ हजार नौ सय ९१ र फेब्रुअरीमा ९६ हजार आठ सय ८० पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ । सन् २०२४ को तुलनामा जनवरीमा पर्यटक आगमन सामान्य बढ्दा फेब्रुअरीमा ०.६ प्रतिशतले घटेको देखिन्छ । 

254 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता