काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ चैतमा साधारणसभा आह्वान गरेको छ । लाभांस प्रस्ताव नगरेको साधारणसभा अनमोल क्याटरिङ सर्भिस प्रालि, शंखमूल, काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ । सभाले उपयुक्त अन्य लघुवित्तसँग मर्जरसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
सभा प्रयोजनार्थ लघुवित्तले फागुन २५ गते १ दिन बुक क्लोज गर्नेछ । त्यसैले फागुन २३ गतेसम्म कायम शेयरधनी मात्रै सभामा भाग लिन पाउनेछन् ।
साझा अर्थ संवाददाता