पात्रो

रेडियो

समाचार खोजी

लगातार चौथो दिन पनि बढ्यो नेप्से

साझा अर्थ संवाददाता ८ फागुन २०८१, बिहिवार

 

नेपाल स्टक एस्चेञ्ज नेप्से सूचक बिहीबार ३.१४ विन्दुले बढेसँगै यो साता लगातार चार दिन बढेको छ । यससँगै सूचक २७४३.७४ अंकमा आएको छ । बिहिबार ८ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यस दिन ३०९ कम्पनीको १ करोड ५६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६५ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ ।
 

आज गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशत, विन नेपाल लघुवित्तको ९.६९ प्रतिशत र अप हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९.१४ प्रतिशतले बढेको छ। 

यस्तै, आज बाराही हाइड्रोवावरको सेयर मूल्य भने ८.३५ प्रतिशतले घटेको छ। बिहीबार जीवन बिमा समूह २.४२ प्रतिशत र निर्जीवन बिमा समूह ०.६४ प्रतिशतले उकालो लाग्दा अन्य समूह घटेका छन्। 

 

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ