पात्रो

रेडियो

समाचार खोजी

विशाल बजार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

साझा अर्थ संवाददाता ८ फागुन २०८१, बिहिवार

विशाल बजार कम्पनीले साधारणसभा प्रयोजनको लागि फागुन ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज फागुन ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । कम्पनीले एक साथ ५ वटा आर्थिक वर्षको साधारणसभा आह्वान गरेको छ। कम्पनीले फागुन २८ गते बुधबार साधारणसभा बोलाएको हो ।

कम्पनीले आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्मको साधारणसभा बोलाएको हो । साधारणसभामा १४ प्रतिशत अन्तरिम नगद लाभांश घोषणा गरी नेपाल सरकारलाई वितरण गरेको नगद लाभांश अनुमोदन गरी अर्थ मन्त्रालयको सहमति अनुसार अन्य शेयरधनीलाई १४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुने छ।

271 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु