पात्रो

रेडियो

समाचार खोजी

नागरिक लगानी कोष र एल.सी.इनर्जीबीच सेयर प्रत्याभूति सम्झौता

छ करोड रुपियाँ बराबरको सेयर निष्कासन गर्ने

साझा अर्थ संवाददाता ६ फागुन २०८१, मङ्गलवार

काठमाडौं । नागरिक लगानी कोष र एल.सी.इनर्जी लिमिटेडबीच सेयर प्रत्याभूति गर्ने सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की र एल.सी.इनर्जीका प्रबन्ध सञ्चालक विश्व श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो ।
एल.सी.इनर्जीले प्रति सेयर एक सय रुपियाँका दरले छ लाख कित्ता बापतको छ करोड रुपियाँ बराबरको सेयर निष्कासन गर्ने सम्बन्धमा कोषसँग प्रत्याभूति सम्झौता गरेको छ । सम्झौताको अवधि हस्ताक्षर भएको मितिले छ महिनासम्म रहने छ ।

218 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ