पात्रो

रेडियो

समाचार खोजी

शुक्रबारदेखि राजधानीमा नेपाल एग्रिटेक, फुड एन्ड बेभरेज एक्स्पो हुँदै

कृषि उद्यमी, व्यवसायी तथा कम्पनीको सहभागिता रहने

साझा अर्थ संवाददाता १ फागुन २०८१, बिहिवार

काठमाडौँ । शुक्रबारदेखि राजधानीमा सातौँ नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो आयोजना हुने भएको छ ।
फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालि तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा फागुुन २ देखि ४ गतेसम्म सातौँ नेपाल एग्रिटेक तथा नेपाल फुड एन्ड बेभरेज इन्टरनेसनल एक्स्पो हुने भएको हो ।
राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना हुने एक्स्पोमा नेपालका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्यवसायी तथा कम्पनीको समेत सहभागिता रहने जनाइएको छ ।
एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु-याउने साना–साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपक्षी पालन उद्योगमा प्रयोग हुने उपकरणको पनि प्रदर्शनी गरिने  बताइएको छ ।
नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पु-याउन उक्त प्रदर्शनी कृषि उद्यमीका लागि कोसेढुंगा सावित हुने आयोजकको विश्वास छ । निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको प्रर्दशनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम प्रविधि तथा सेवाको पहिचान गर्न मद्दत मिल्ने र तिनको प्रयोगद्वारा कृषि उत्पादन बृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने विश्वास गरिएको छ ।
प्रर्दशनीमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी, कृषिका मेसिनरी औजार, उपकरण, भेटेनरी, खाद्य प्रविधिबारे जानकारी प्राप्त गर्न सकिने छ ।
प्रदर्शनीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्वकको मुख्य भूमिकामा छ भने सहयोगी संस्थामा नेपाल गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल पोल्ट्री महासङ्घ, राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेड तथा राष्ट्रिय कृषक समूह महासङ्घ नेपाल रहेका छन् ।

165 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ