काठमाडौं । सानिमा बैङ्कले खाँडाचक्र नगरपालिका, कोइरेलगाउँस्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।
बैङ्कको मान्म शाखाले, खाँडाचक्र नगरपालिका वडा नं १, कोइरेलगाउँ स्थित चिनारी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको हो । कार्यक्रममा मान्म शाखाका कर्मचारीद्वारा विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको होे ।
चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु बैङ्कले सञ्चालन गर्दै आइरहेको छ ।
भविष्यमा पनि समाजमा सकारात्मक विकास गर्ने किसिमका विभिन्न कार्यक्रमहरु गर्ने योजना रहेको बैङ्कले जनाएको छ ।
साझा अर्थ संवाददाता