पात्रो

रेडियो

समाचार खोजी

चार अर्ब लगानीमा भैरहवामा खुल्यो रमेश टायल्स उद्योग

साझा अर्थ संवाददाता ३० साउन २०८१, बुधवार

कजारिया रमेश टायल्सले रुपन्देहीको भैरहवामा नयाँ अत्याधुनिक उद्योग सञ्चालनमा ल्याएको छ। कजारिया सेरामिक्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अशोक कजारियाले ४ अर्ब लगानीमा स्थापित उद्योगको उद्घाटन गरेका हुन्।

कार्यक्रममा अध्यक्ष कजारियाले नेपालबाट कजारिया रमेश टायल्स उत्पादनले महत्त्वपूर्ण कोसेढुंगा पार गरेको बताए। अत्याधुनिक प्रविधियुक्त कारखानाबाट बजार मागअनुसार कजारिया रमेश टायल्स उत्पादन गरिने उनले जानकारी दिए।

उच्च गुणस्तरीय टायल उत्पादनले नेपाली बजार र ग्राहकले सहज मूल्यमा खरिद गर्न सक्ने उनको भनाइ छ।
कजारिया रमेश टायल्सका अध्यक्ष प्रतीक जलानले नेपालमा अत्याधुनिक उद्योग खोलेपछि  उपभोक्तालाई विश्वस्तरीय टायल उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरे। यसले नेपालको अर्थतन्त्रलाई सहयोग गर्दै टायलमा आत्मनिर्भर हुने लक्ष्यको पहिलो प्रक्रिया सुरुआत भएको उनले बताए। 

कजारिया रमेश टायल्स रमेश कर्प र भारतको अग्रणी टायल निर्माता कम्पनी कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उत्पादन हो। सोही कम्पनीले यसअघि नेपालको सबैभन्दा ठूलो टायल निर्माण कारखाना नवलपरासीमा स्थापना गरेको छ। नवलपरासीस्थित कारखानाले वार्षिक ५१ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ।

कारखाना निर्माणका लागि गरिएको ४ अर्ब नेपाली रुपैयाँको लगानीले अर्थतन्त्रलाई प्रोत्साहन दिने र विश्वस्तरीय कजारिया टायल सस्तो मूल्यमा उपलब्ध गराइने प्रतिबद्धता कम्पनीले जनाएको छ।

188 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्

सम्बन्धित समाचारहरु