पात्रो

रेडियो

समाचार खोजी

फर्स्ट माइक्रोफाइनान्सको नाफामा ७३ प्रतिशतभन्दा बढीको छलाङ

साझा अर्थ संवाददाता ३ साउन २०८३, आइतवार

काठमाडौँ, ३ साउन: फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा उल्लेख्य वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको सोही अवधिको तुलनामा खुद नाफा ७३.६३ प्रतिशतले वृद्धि भई १९ करोड ७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा कम्पनीको खुद नाफा १० करोड ९८ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ७.४७ प्रतिशतले बढेर २२ करोड ७४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा पनि ७३.०५ प्रतिशतले वृद्धि भई २७ करोड २७ लाख रुपैयाँ कायम भएको छ। १ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोष १३.३५ प्रतिशतले बढेर ३४ करोड ८४ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा संस्थाले कर्जा र सापटीमा केही कमी ल्याएको भए पनि निष्क्रिय कर्जा व्यवस्थापनमा सुधार गर्दै नाफा बढाउन सफल भएको हो।

कम्पनीको प्रतिसेयर आम्दानी (EPS) अघिल्लो वर्षको ८.१७ रुपैयाँबाट बढेर १४.१८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १३७.२६ रुपैयाँ रहेको छ। ८६० रुपैयाँ बजार मूल्यका आधारमा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ६०.६४ गुणा कायम भएको छ। समग्रमा, संस्थाले आफ्नो सञ्चालन दक्षता सुधार गर्दै लगानीकर्ताका लागि सकारात्मक नतिजा प्रस्तुत गरेको छ।

36 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ