पात्रो

रेडियो

समाचार खोजी

नेपालमा ५८ अर्बको विदेशी लगानी प्रतिबद्धता

साझा अर्थ संवाददाता ३ साउन २०८३, आइतवार

काठमाडौँ, ३ साउन: आर्थिक वर्ष २०८२/८३ मा नेपालले विभिन्न परियोजनामार्फत कुल ५८ अर्ब १ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी (FDI) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार, १,११६ वटा परियोजनाका लागि उक्त प्रतिबद्धता आएको हो। लगानी भित्र्याउन प्रयोग गरिएका दुई मार्गमध्ये 'स्वचालित मार्ग' बाट ९ अर्ब ५८ करोड र 'स्वीकृत मार्ग' बाट ४८ अर्ब ४१ करोड रुपैयाँ जुटेको छ।

क्षेत्रगत रूपमा कृषि क्षेत्र लगानीको भोल्युमका आधारमा सबैभन्दा अगाडि देखिएको छ, जहाँ १८ परियोजनाका लागि २३ अर्ब १८ करोड रुपैयाँ प्रतिबद्धता छ। त्यसैगरी, पर्यटनमा १३ अर्ब ९९ करोड, ऊर्जामा ७ अर्ब १६ करोड र उत्पादनमूलक क्षेत्रमा ३ अर्ब ९१ करोड रुपैयाँ लगानीको चासो देखिएको छ। परियोजना संख्याका आधारमा भने ७२७ परियोजनासहित सूचना प्रविधि (IT) क्षेत्र सबैभन्दा अब्बल रहेको छ।

विभागका अनुसार, यी परियोजनाहरूले भविष्यमा २८,४२३ जनालाई रोजगारी दिने लक्ष्य राखेका छन्। नेपालका प्रमुख आर्थिक क्षेत्रहरूमा विदेशी लगानीकर्ताहरूको निरन्तर चासोले देशको आर्थिक वातावरणमा सकारात्मक सन्देश दिएको छ।

19 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ