पात्रो

रेडियो

समाचार खोजी

नेप्से  ४.४५ अंकले घट्दै २७ सय ११ विन्दुमा

साझा अर्थ संवाददाता २३ माघ २०८१, बुधवार

 

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज ९नेप्से०  ४.४५ अंकले घट्दै २७ सय ११ को विन्दुमा पुगेर बन्द भएको छ । आज  कुल ३ सय ९ कम्पनीका १ करोड ९१ लाख ८१ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८ अर्ब ९५ करोड ८० लाख रुपैयाँ पुगेको छ । आज कारोबारमा आएकामध्ये १ सय २२ कम्पनीको सेयरमूल्य घट्दा १ सय १३ कम्पनीको सेयरमुल्यमा वृद्धि देखिन्छ । आज ५ समुहको परिसुचक उकालो लाग्दा ८ समुहको परिसुचकमा गिरावट देखिएको छ ।

४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।  फाइनान्स समूहमा सबैभन्दा बढी तेजी आएको छ । ३३ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमश? हिमालयन पावर पाटर्नर र सिनर्जी पावर परेका छन् । 

 

 

152 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ