पात्रो

रेडियो

समाचार खोजी

भारतीय पर्यटक आगमन १५ प्रतिशतले घट्यो

साझा अर्थ संवाददाता २१ माघ २०८१, सोमवार

  
सन् २०२५ को पहिलो महिनामा जनवरीमा समग्र पर्यटक आगमन बढ्दा भारतीय पर्यटक आगमन भने १५ प्रतिशतले घटेको छ । अघिल्लो जनवरीमा २४ हजार एक सय ३९ भारतीय नेपाल घुम्न आएकामा यो जनवरीमा २० हजार चार सय ८५ मात्र भारतीय पर्यटक आएका नेपाल पर्यटन बोर्डले जनाएको छ । नेपालमा घुम्न आउने पर्यटकमा सबैभन्दा धेरै पर्यटक भारतीय हुने गरेका छन् । त्यसो त पहिलो महिनामा 
विदेशी पर्यटक आगमन १.१ प्रतिशतले बढेको छ । जनवरीमा विभिन्न देशबाट ७९ हजार नौ सय ९१ पर्यटक नेपाल घुम्न आएका छन् । अघिल्लो जनवरीमा ७९ हजार एक सय पर्यटक आएका थिए ।

अमेरिका, चीन, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश, भुटानलगायत देशबाट पर्यटक आगमन उत्साहप्रद वृद्धि देखिन्छ । चीनबाट आठ हजार एक सय ९१ पर्यटक भित्रिएर दोस्रो स्थानमा उक्लिएको छ । अमेरिकाबाट आठ हजार ६३, बंगलादेशबाट पाँच हजार चार सय ६, अस्ट्रेलियाबाट चार हजार तीन सय एक, साउथ कोरियाबाट तीन हजार सात सय ५६, युकेबाट तीन हजार पाँच सय २१, थाइल्यान्डबाट तीन हजार दुई सय १९, भुटानबाट दुई हजार सात सय ६८, जापानबाट एक हजार पाँच सय ७० पर्यटक नेपाल आएका छन् ।

नेपाल घुम्न आउने पर्यटकमध्ये ३७ प्रतिशत (२९,४८७) सार्क देशका रहेका छन् । अन्य एसियाली देशबाट २५.५ प्रतिशत (२०,३९१) पर्यटक भित्रिँदा युरोपबाट १३ प्रतिशत (१०,३६७), अमेरिकाबाट १२ प्रतिशत (९,६३७) पर्यटक नेपाल भित्रिएका छन् ।

 

163 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता