नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने हकप्रद निष्काशन गर्ने भएको छ।
कम्पनीले ५० करोड ३० लाख ९० हजार १ सय ५५ रुपैयाँको ५० लाख ३० हजार ९ सय १ दशमलव ५५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले हकप्रद निष्काशनको लागि माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकोले माघ १७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।
हकप्रद शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
साझा अर्थ संवाददाता