पात्रो

रेडियो

समाचार खोजी

महुली लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

साझा अर्थ संवाददाता १४ माघ २०८१, सोमवार

काठमाडौं स् महुली लघुवित्त वित्तीय संस्थाको चार लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको एफपीओ मंगलबारबाट किनबेच गर्न मिल्नेछ । 

संस्थाले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो ।    

महुली लघुवित्तले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । महुलीले आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८–७९ मा भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


 

203 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ