पात्रो

रेडियो

समाचार खोजी

भृकुटीमण्डपमा इलेक्ट्रोनिक्ससम्बन्धी प्रदर्शनी आयोजना हुने

साझा अर्थ संवाददाता २७ साउन २०८१, आइतवार

 

मिडिया स्पेस सोलुसन्स, फ्युचरेक्स ट्रेड फेर एन्ड इभेन्ट्स तथा एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालिको संयुक्त आयोजनामा नेपाल  पावर, लाइट एन्ड इलेक्ट्रिक तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एन्ड होम अप्लायनसेस अन्तर्राष्ट्रिय  प्रदर्शनी आयोजना हुने भएको छ।

तेस्रो संस्करणको प्रदर्शनी आगामी भदाै २१, २२ र २३ गते काठमाडौंकोे भृकुटीमण्डपमा आयोजना हुने बताइएको छ।

प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरूका १५० भन्दा बढी स्टलमा अत्याधुनिक एवं नवीनतम प्रविधिका ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री,  वायर, केबुल एवं कन्डक्टर, अत्याधुनिक प्रकारका स्विचहरु, एलइडी लाइटिङ, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, चारजिङ स्टेसन, ब्याट्री, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

प्रदर्शनीमा ग्राहकहरूले विभिन्न कम्पनीका विद्युतीय सामग्रीहरू एकै ठाउँमा हेर्न तथा मन परेको सामान  खरिद गर्न पाउनेछन्।

राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रिक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रविधि तथा विद्युतीय एवं  वैकल्पिक ऊर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यावसायिक प्रवर्द्धन गर्नुको साथै यी  उद्योगमा भएका नवीनतम उपलब्धिहरूबारे सूचना आदान–प्रदान गरी उपभोक्तामा ऊर्जाको व्यवस्थित खपतको महत्त्वबारे जानकारी गराउन प्रदर्शनीले सहयोग पुर्‍याउने आयोजकको अपेक्षा छ।

206 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता