पात्रो

रेडियो

समाचार खोजी

राष्ट्रिय वाणिज्य बैंकद्वारा बढुवा तथा आन्तरिक प्रतियोगितात्मक पदपूर्ति प्रक्रिया स्थगित

साझा अर्थ संवाददाता ६ साउन २०८३, बुधवार

काठमाडौँ, ६ साउन: राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यसअघि अघि बढाइएको कर्मचारीहरूको आन्तरिक बढुवा तथा आन्तरिक प्रतियोगितात्मक विज्ञापनसम्बन्धी सम्पूर्ण प्रक्रिया हाललाई स्थगित गरेको छ। बैंकको मानव संसाधन विभागले एक औपचारिक सूचना जारी गर्दै विशेष प्रशासनिक तथा संस्थागत कारण देखाउँदै अर्को सूचना प्रकाशित नभएसम्मका लागि उक्त पदपूर्ति प्रक्रिया रोकिएको जनाएको हो।

बैंकले यसअघि लोक सेवा आयोगको मापदण्ड र प्रचलित सेवा विनियमावलीअनुसार विभिन्न तहका पदहरूमा कार्यसम्पादन मूल्यांकन र आन्तरिक प्रतिस्पर्धाका आधारमा बढुवाका लागि आवेदन आह्वान गरेको थियो। प्रशासनतर्फका उच्च व्यवस्थापकिय तहदेखि सहायकस्तरसम्मका विभिन्न पदहरूका लागि तय गरिएका लिखित परीक्षा, अन्तर्वार्ता तथा अन्य छनोटका कार्यक्रमहरू यस निर्णयसँगै प्रभावित भएका छन्।

संस्थागत आन्तरिक व्यवस्थापनलाई व्यवस्थित बनाउने क्रममा यो कदम चालिएको बैंकले स्पष्ट पारेको छ। स्थगित गरिएका सम्पूर्ण प्रक्रियाहरूको आगामी कार्यतालिका र नयाँ सूचनाहरू बैंकको आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिनेछन्।

17 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु