काठमाडौं । नेपाल धितोपत्र बोर्डले आज दुई कम्पनीलाई आईपीओ निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।
बोर्डले क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीलाई २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्काशनका लागि आज स्वीकृति दिएको हो । त्यसैगरी ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडलाई पनि आजै १८ करोड रुपियाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्काशनका लागि स्वीकृति प्राप्त भएको छ ।
दुई कम्पनीले आईपीओ निष्काशनका लागि क एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिलटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
सेबोनबाट स्वीकृति पाएसँगै दुबै कम्पनीले आईपीओ निष्काशनका लागि प्रक्रिया अघि बढाउने छन् ।
साझा अर्थ संवाददाता