काठमाडौं । नागरिक लगानी कोषको ३०औं वार्षिक साधारणसभाले १३ प्रतिशत लाभांस पारित गरेको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्राडा सूर्यबहादुर थापाको अध्यक्षतामा सभा सम्पन्न सभाले आर्थिक वर्ष २०८०–८१ को आम्दानी बाँडफाँड हिसाव विवरणमा छुट्याएको प्रस्तावित सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांस ९कर सहित० स्वीकृत गरेको हो ।
सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्राडा थापाले कोषको कार्यक्रमहरूको थप प्रबर्द्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिए । संगठन तथा व्यवस्थापन ९ओ एण्ड एम० गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उनले बताए ।
थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरुलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राखे । सभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञाशाहरुको बारेमा अध्यक्ष प्राडा थापा र कोषका कार्यकारी निर्देशकले जवाफ दिएका थिए
साझा अर्थ संवाददाता