अण्डाको मूल्य बढ्यो, अब प्रति गोटा १७ रुपैयाँ
पुस ५ गतेदेखि लागु हुनेगरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मिडियम साइज अण्डा प्रतिक्रेट ४७० रुपैयाँबाट ४८५ र ठूलो अण्डा प्रतिक्रेट ४८५ रुपैयाँबाट ५०० रुपैयाँ प्रतिक्रेट पुगेको छ ।
बिहीबार बसेको संघको बैठकले चितवनलाई आधार मानेर तय गरेको मूल्य अनुसार अब बजारमा अण्डाको मूल्य प्रतिगोटा १६ रुपैयाँ ६६ पैसा पर्ने भएको छ ।
चिसो समयमा अण्डाको उत्पादन कम हुने र बजारमा माग बढ्ने भएकोले भाउ बढेको कुखुरा तथा अण्डा व्यवसायीहरुले बताएका छन् ।
साझा अर्थ संवाददाता
५ पुष २०८१, शुक्रवार
23
Sharesसम्बन्धित समाचार
पछिल्लो खबर
-
२८.९१ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो
-
विद्युत् प्रसारण र वितरण प्रणाली सुधार गर्न जुट्यो ७२ अर्ब ९३ करोड
-
निर्जीवन बीमा व्यवसायी संघले भन्यो - ‘‘सञ्चालकहरुको सेयर एक बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक’’
-
बुढासुब्बा गोल्डकपको २५औँ संस्करण माघमा
-
कालिका पावर कम्पनीले ७ प्रतिशन बोनस दिने
-
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन: