काठमाडौँ, ७ साउन: घरेलु बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य सुधार आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघबाट प्राप्त आधिकारिक तथ्याङ्क अनुसार आज छापावाल सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ। यस वृद्धिसँगै आज कारोबारमा आएको छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँ कायम भएको छ, जुन यसअघि प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा सीमित थियो।
त्यस्तै, तेजाबी सुनको मूल्यमा पनि प्रतितोला ३०० रुपैयाँले नै बढोत्तरी भई प्रतिताला २ लाख ९० हजार ६०० रुपैयाँ पुगेको छ। यसअघिल्लो कारोबारका दिन तेजाबी सुन प्रतितोला २ लाख ९० हजार ३०० रुपैयाँमा किनबेच भएको थियो।
सुनको लयसँगै आज चाँदीको मूल्यमा पनि सकारात्मक परिवर्तन देखिएको छ। आजको बजारमा चाँदी प्रतितोला २५ रुपैयाँले महँगिदै ४ हजार ५०५ रुपैयाँ पुगेको छ। हिजो मात्र चाँदी प्रतितोला ४ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारको प्रभाव र स्थानीय मागका कारण बहुमूल्य धातुहरूको मूल्यमा दैनिक उतारचढाव भइरहेको छ।