पात्रो

रेडियो

समाचार खोजी

४१.०६ मेगावाटको संखुवाखोला जलविद्युत्मा चार बैंकले ६ अर्ब १५ करोड लगानी गर्ने

साझा अर्थ संवाददाता २५ मंसिर २०८१, मङ्गलवार



४१.०६ मेगावाट क्षमताको संखुवाखोला जलविद्युत परियोजनामा   सिटिजन्स बैँक इन्टरनेसनलको अगुवाईमा एभरेष्ट बैंक, नेपाल एसबिआइ बैंक र सानिमा बैँक सहित ४ बैँकहरुले ६ अर्ब १५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्।

आज सोमबार प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेड एवं लगानीकर्ता बैँकहरु बीच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा सम्झौतामा हस्ताक्षर भएको हो । उक्त परियोजना कोशी प्रदेश, संखुवासभा जिल्ला, सिलिचोङ गाँउपालिका र भोजपुर जिल्ला, साल्पा सिलिचाछो गाँउपालिकमा निर्माण हुनेछ ।

परियोजनाको अनुमानित लागत करीब रु ८ अर्ब २० करोड मध्ये बैंकहरुले ७५ः२५ को ऋणःस्वपुँजी अनुपातमा रु ६ अर्ब १५ करोड बराबरको ऋण लगानी गर्नेछन् । यसमध्ये सिटिजन्स बैंकबाट र २ अर्ब ९० करोड, एभरेष्ट बैंकबाट रु१ अर्ब २५ करोड, नेपाल एस।बि।आइ। बैंकबाट १ अर्ब २५ करोड र सानिमा बैँकबाट रु ७५ करोड लगानी हुनेछ  ।

परियोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात उत्पादित बिजुली नेपाल विद्युत प्राधिकरणको संखुवासभा स्थित सित्तलपाटी सब स्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ७५.०४१ गिगावाट घन्टा र बर्षायाममा १६५.८८८ गिगावाट गरी बार्षिक २४०.९२९ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

सहवित्तीयकरण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्दै सिटिजन्स बैँकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैंकले स्थापना कालदेखि नै एकल लगानीका साथै आफ्नो अगुवाई, सह अगुवाई तथा अन्य बैंकहरुसँगको सह वित्तीयकरण कर्जा मार्पmत जलविद्युत लगायत हरित उर्जा क्षेत्रमा उल्लेख्य रुपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्र उर्जा उत्पादकहरुको संयुक्त लगानीबाट धेरै आयोजनाहरुको निर्माण भई संचालनमा आएका कारण देशको समग्र उर्जा क्षेत्रको विकासमा नीजि क्षेत्रको ठूलो योगदान रहेको बताए ।

हालसम्म निर्माण सम्पन्न भएका १२४।५४१ मेगावाट क्षमताका १३ वटा आयोजना र निर्माणाधिन ५१६।५७४ मेगावाट क्षमताका १६ वटा आयोजना सहित जम्मा ६४१।११५ मेगावाट क्षमताका २९ वटा आयोजनामा सिटिजन्स बैंकको लगानी रहेको छ । सिटिजन्स् बैंकले हाल सम्म १५ वटा हाइड्रो पावर आयोजनामा अगुवा बैंक, २ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैंक, ९ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैंक रुपमा र ३ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।

प्रवद्र्धक कम्पनी गुराँस हाईड्रो लिमिटेडका तर्फबाट अध्यक्ष शिव प्रसाद घिमिरेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत प्राधिकरण, विद्युत विकास विभाग, वन तथा वातावरण मन्त्रालय लगायत सरोकारवाला निकायहरुमा गर्नुपर्ने सबै कानूनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरु गरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।

176 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्