नगदे बाली उखुको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ तोकिएको छ । बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि निर्धारण गरेको मूल्य पोहोरको भन्दा प्रतिक्विन्टल २० रुपैयाँ बढी हो ।
यसमध्ये उद्योगीले पाँच सय ८५ प्रतिक्विन्टलका दरले किसानलाई भुक्तानी गर्नेछन् भने प्रतिक्विन्टल ७० रुपैयाँका दरले आउने रकम सरकारले अनुदानबापत किसानको खातामा पठाउने व्यवस्था छ ।
कृषि मन्त्रालयका अनुसार हाल देशभर ६८ हजार पाँच सय ६५ हेक्टर क्षेत्रफलमा उखुखेती हुने गरेको छ । वार्षिक ३४ लाख एक सय ७६ टन उखु उत्पादन हुने गरेको छ । त्यस्तै, ४९.५९ टन प्रतिहेक्टर उत्पादकत्व रहेको मन्त्रालयले जानकारी दिएको छ ।
साझा अर्थ संवाददाता