पात्रो

रेडियो

समाचार खोजी

प्राधिकरणले तत्काल उद्योगको बिजुली नकाट्ने

साझा अर्थ संवाददाता १२ मंसिर २०८१, बुधवार

 


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले उद्योगहरूलाई आपूर्ति भइरहेको बिजुली लाइन काट्ने निर्णय अस्विकृत गरेको छ । बुधबार बसेको समितिको बोर्ड बैठकले विद्युत् नियमन आयोगको निर्देशन आएको भन्दै तत्काल लाइन नकाट्ने निर्णय गरेको हो।  
यसअघि नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूलाई १५ दिनको समयसीमा दिँदै बक्यौता नतिरे लाइन काट्ने चेतावनी दिएको थियो। सो समयसीमा बुधबार समाप्त भए पनि मंगलबार नियमन आयोगले तत्काल लाइन नकाट्न निर्देशन दिएको थियो । जसका कारण प्राधिकरणले आफ्नो योजना परिवर्तन गरेको हो। 

169 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु