पात्रो

रेडियो

समाचार खोजी

अक्टोबरमा एक लाख २४ हजार पर्यटक

साझा अर्थ संवाददाता २० कार्तिक २०८१, मङ्गलवार

काठमाडौं । सन् २०२४ को अक्टोबर महिनामा एक लाख २४ हजार ३९३ जना पर्यटक नेपाल घुम्न आएका छन् । यो २०२३ को तुलनामा ६.०४ प्रतिशतले पर्यटक बढी हो । २०२३ को अक्टोबर महिनामा एक लाख १७ हजार ३०६ जना पर्यटक नेपाल भित्रिएका थिए ।
यो वर्ष १० महिनामा साढे ९ लाख पर्यटक नेपाल आएका छन् । पर्यटन बोर्डका अनुसार यो वर्ष सबैभन्दा धेरै मार्चमा १ लाख २८ हजार १ सय ६७ पर्यटक आएका थिए । अप्रिलमा १ लाख ११ हजार ३ सय ७६ र अक्टोबरमा १ लाख २४ हजा ३ सय ९३ पर्यटक आएका थिए ।

कुन देशबाट कति आए पर्यटक​ ?
१० भारत        १६,३१३ 
२० अमेरिका    १६,०२३
३० बेलायत     ८,०१९
४० चीन          ७,७५०
५० अष्ट्रेलिया     ६,९२९
६० जर्मनी        ६,०१८
७० फ्रान्स         ५,४८५
८० बंगलादेश   ४,४७६
९० श्रीलंका        ३,१२५ 
१०० इटाली      २,६३५

157 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा अपडेटस्