हेटौडाः बागमती प्रदेशसका मुख्यमन्त्री बहादुरसिं लामाले प्रदेशको आर्थिक समृद्धीमा लाग्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । बागमती प्रदेश सभाको बैठकमा लामाले मंगलवार उक्त प्रतिवद्धता ब्यक्त गर्नु भएको हो ।
प्रदेश सभामा विश्वासको मत सम्बन्धी प्रस्ताव माथीको छलफलका क्रममा सांसदहरुको सोधेका प्रशनको जवाफ दिँदै मुख्यमन्त्री लामाले १३ वटै जिल्लामा विकासका पूर्वाधार निर्माणका साथै आर्थिक समृद्धि तुल्याउनेतर्फ इमान्दारीपूर्वक लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकार सबै दलसँग सहकार्य गरेर अगाडि बढ्ने उहाँको भनाई थियो ।
मुख्यमन्त्री लामाले अघिल्लो सरकारले ल्याएको नीति तथा कार्यक्रम र आव २०८१/८२ को बजेटलाई सकारात्मक रूपमा जनहितलाई केन्द्रमा राखेर कार्यान्वयन गर्ने बताउनुभयो ।
प्रदेश सभाको बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख को कार्यालयबाट प्राप्त हालै मन्त्रिपरिषद् गठन एवं कार्यविभाजन गर्नुभएको सम्बन्धी पढेर सुनाउनुभएको थियो ।
साझा अर्थ संवाददाता