पात्रो

रेडियो

समाचार खोजी

एनएमबि बैंकको खुद मुनाफा १९ प्रतिशत बृद्धि

साझा अर्थ संवाददाता ७ कार्तिक २०८१, बुधवार

चालु आर्थिक बर्षको पहिलो तीन महिनामा एनएमबि बैंकको खुद मुनाफा १९ प्रतिशतले बढेको छ । यो अवधिमा बैंकले १ अर्ब १४ करोड खुद मुनाफा कमाएको छ ।  तर, 
  बैंकको  खुद ब्याज आम्दानी करिब ११ प्रतिशतले घटेर १ खर्ब ९९ अर्ब पुगेको छ। 
यस अवधिमा बैंकको निक्षेप १० दशमलब १० प्रतिशतले बढेर २ खर्ब ४६ अर्ब पुगेको छ भने कर्जा प्रवाह २ खर्ब ६ अर्ब पुगेको छ।  बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ६ करोड रहेको छ। 

यस अवधिमा बैंकको प्रति शेयर आम्दानी २४ रुपैयाँ ९५ पैसा छ भने प्रति शेयर नेटवर्थ १६४ रुपैयाँ ९५ पैसा छ। त्यस्तै बैकको खराब कर्जा अनुपात ३ दशमलब ६३ प्रतिशत छ। 

175 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ