पात्रो

रेडियो

समाचार खोजी

खुर्कोटको पुल निर्माण तिब्र

साझा अर्थ संवाददाता ३ कार्तिक २०८१, शनिवार

रामेछापः  रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रुपमा रहेको खुर्कोटको पुल निर्माणलाई तिब्र गतिमा भइरहेको छ । नेपाली सेनाले बेलिब्रिज को काम तिब्रगतिमा गरिरहेको हो । 
बेलीबृजको रामेछापतर्फ को भाग जोडिएको र त्यसको थप काम सकेर परीक्षण गरी सवारी अवागमन गर्न तीनदेखि पाँच दिनसम्म लाग्ने नेपाली सेनाले जानकारी दिएको छ । हाल पुलको पाता विछ्याउने र लेवल मिलाउनेलगायत अन्य काम भइरहेको छ । पुल निर्माण सम्पन्न भए पनि मन्थलीतर्फको करिब दुई सय मिटर सडक थप मर्मत नहुँदासम्म निर्वाध रुपमा दुईतर्फी सवारी आवागमन गर्नसक्ने अवस्था भने छैन । असोज १०, ११ र १२ गते भएको भिषण वर्षाका कारण सुनकोशी नदीमा आएको बाढीले खुर्कोटको झोलुङ्गे पुल र खुर्कोटको पक्कीपुलको आधा भाग बगाउँदा रामेछाप र दोलखाको सिन्धुली र तराईका विभिन्न जिल्ला एवं काठमाडौँसम्मकोे छोटो दूरीको सडक सम्पर्क टुटेको थियो ।

248 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु