पात्रो

रेडियो

समाचार खोजी

बाणिज्य बैंकहरुको निक्षेपको औसत व्याजदर घट्यो

साझा अर्थ संवाददाता ३० असोज २०८१, बुधवार

 

काठमाडौं । वाणिज्य बैंकहरूले कात्तिक महिनामा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर असोजको तुलनामा घटाएका छन् ।

असोजमा ६.३९८ प्रतिशत विन्दु रहेको २० वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर कात्तिकमा ६.१८७ प्रतिशत विन्दुमा सिमित भएको छ ।  
 
२० मध्ये १० वाणिज्य बैंकले  ब्याजदर घटाएका छन् भने ९ बैंकले स्थिर राखेका छन्, तर एक वाणिज्य बैंकले ब्याजदर बढाएको छ ।

व्यक्तिगत मुद्दती निक्षेपमा असोजको तुलनामा  सिटिजन्स बैंक र हिमालयन बैकले सबैभन्दा बढी ०.७५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । त्यस्तै, सानिमा बैंकले निक्षेपको ब्याजदर ०.२५ प्रतिशतविन्दु बढाएको छ ।

कात्तिकमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा बढी ब्याज माछापुच्छ्रे बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज सिटिजन्स बैंकले दिने भएको छ ।

 

304 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता