पात्रो

रेडियो

समाचार खोजी

भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

सिन्धुपाल्चोक: सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने  तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न बेली ब्रिज ल्याउने तयारी गरेको हो
बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्ने क्रममा मंलवार  सिन्धुपाल्चोक  आउनुभएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सो जानकारी दिनुभयो ।  तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको दहालको भनाई रहेको छ । 
गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पुर्‍याएको क्षतिबारे सदरमुकाम चौतारामा छलफल भएको थियो । 
सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली-रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी  क्षेत्रको अवलोकन गरेर चौतारा आइपुग्नुभएको भएको थियो ।

225 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु