पात्रो

रेडियो

समाचार खोजी

२७.३९ अंकले घटेर २६६३.३२ अंकमा खुम्चियो नेप्से

साझा अर्थ संवाददाता २२ असोज २०८१, मङ्गलवार

 

आज नेप्से परिसुचक २७.३९ अंकले घटेर २६६३.३२ अंकमा खुम्चिएको छ ।  आज ३०० कम्पनीको १ करोड ३ लाख ३० हजार ५०२ कित्ता सेयर ४ अर्ब ५९ करोड ३७ लाख २७ हजारमा किनबेच भएको छ । 

 यो दिन सबैभन्दा बढी गुमाउनेमा फाइनान्स उपसमूहको सूचक २.७६ प्रतिशतले करेक्सन भयो ।  बजारका अन्य सबै उपसमूहको सूचकमा पनि आज राताम्य भयो ।  

बैंकिंग समूह ०.३६ प्रतिशतले घटेको यो दिन विकास बैंक समूहमा १.१७ प्रतिशत, होटल र टुरिजममा १.९३ प्रतिशत, जलविद्युत समूहमा १ प्रतिशत, इन्भेष्टमेन्ट समूहमा १.४५ प्रतिशत, जीवन बीमा समूहमा १.०७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७५ प्रतिशत, माइक्रोफाइनान्समा ०.९१ प्रतिशत र निर्जीवन बीमा समूहमा १.४५ प्रतिशतको गिरावट आयो ।  

 

297 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता