सन् २०२४ को सेप्टेम्बर महिनामा ९६ हजार विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांअनुसार यस महिनामा जम्मा ९६ हजार ३०५ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । यो संख्या सेप्टेम्बर २०२३ को तुलनामा ५।८२ प्रतिशत र कोभिड महामारी सुरु हुनुअघि सेप्टेम्बर २०१९ को तुलनामा ४ प्रतिशतले धेरै रहेको पर्यटन बार्डले जनाएको छ ।
सेप्टेम्बर २०२३ मा ९१ हजार १२ र सेप्टेम्बर २०१९ मा ९२ हजार ६०४ पर्यटक नेपाल आएको तथ्यांक छ । नेपालको पर्यटन इतिहासमा सन् २०१९ मा अहिलेसम्मकै धेरै पर्यटक ९करिब १२ लाख० नेपाल घुम्न आएका थिए ।
विगतका महिनामा झैँ यो पटक पनि सबैभन्दा बढी भारतबाट २२ हजार ९८४ जना पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ८ हजार ४२ जना पर्यटक नेपाल आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० पाँच सय ८४ पर्यटक नेपाल भित्रिएका छन् ।
त्यस्तै, सेप्टेम्बरमा अष्ट्रेलियाबाट ५ हजार ३८ जना, श्रीलंकाबाट ४ हजार ९१५ जना, बेलायतबाट ४ हजार ४९३ जना, बंगलादेशबाट ४ हजार १०३ जना, जर्मनीबाट २ हजार ७०४ जना, साउथ कोरियाबाट २ हजार ३५१ र मलेसियाबाट २ हजार २८० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।
धेरै पर्यटक आउने प्रमुख १० देश
सेप्टेम्बरमा पनि सबैभन्दा धेरै पर्यटक भारतबाटै आएका छन् । भारतबाट २२ हजार ९८४, अमेरिकाबाट १० हजार ८४, चीनबाट आठ हजार ४१, अस्ट्रेलियाबाट पाँच हजार ३८, श्रीलंकाबाट चार हजार ९१५, युकेबाट चार हजार ४९३, बंगलादेशबाट चार हजार १०३, जर्मनीबाट दुई हजार ७०४, साउथ कोरियाबाट दुई हजार ३५१, मलेसियाबाट दुई हजार २८० पर्यटक नेपाल घुम्न आएका छन् ।
साझा अर्थ संवाददाता