पात्रो

रेडियो

समाचार खोजी

भारी वर्षाको चेतावनी: देशभरी मनसुनी सक्रियता बढ्दा बाढी र पहिरोको उच्च जोखिम

साझा अर्थ संवाददाता ३ साउन २०८३, आइतवार

काठमाडौँ, ३ साउन: देशभर मनसुनी वायुको प्रभाव तीव्र बनेसँगै आगामी केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना बढेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग आसपास रहेकाले मुलुकभर मौसमी प्रणाली सक्रिय भएको हो ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो र राति पनि यो क्रम जारी रहनेछ । देशका पहाडी तथा तराई क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको अनुमान गरिएको छ भने उच्च हिमाली भेगमा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

विशेष गरी कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कतिपय क्षेत्रमा अति भारी वर्षा समेत हुन सक्ने बताइएको छ । यसैगरी मधेस र बागमती प्रदेशका तराई तथा पहाडी भू-भागमा पनि भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

लगातारको वर्षा र अति भारी वर्षाको प्रक्षेपणसँगै प्राकृतिक विपत्तिको खतरा बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा नदी कटानको जोखिम औंल्याएको छ । प्राधिकरण र मौसम महाशाखाले नदी तटीय क्षेत्र तथा पहिरोग्रस्त इलाकामा बसोबास गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन र सुरक्षा निकायहरूलाई तयारी अवस्थामा रहन विशेष आग्रह गरेका छन् ।

17 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु