पात्रो

रेडियो

समाचार खोजी

सुनको मूल्यमा भारी गिरावट

साझा अर्थ संवाददाता ८ साउन २०८३, शुक्रवार

काठमाडौँ, ८ साउन: नेपाली सुनचाँदी बजारमा आज साउन ८ गते सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८०० रुपैयाँले घटेर २ लाख ८५ हजार ५०० रुपैयाँमा झरेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आज तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ हजार ८०० रुपैयाँले नै घटेको छ। महासंघले आजका लागि तेजाबी सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँ रहेको थियो। सुनको मूल्यमा आएको यस तीव्र गिरावटसँगै चाँदीको भाउमा पनि कमी आएको छ।

आज चाँदीको मूल्य प्रतितोला १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन बजारमा चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भएको थियो। अन्तराष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनका कारण स्थानीय बजारमा बहुमूल्य धातुको मूल्यमा यो भारी फेरबदल आएको हो।

9 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्
साझा ट्रेन्डिङ

सम्बन्धित समाचारहरु