काठमाडौँ, ३१ असारः पर्यटन बोर्डमा पाँचजना सञ्चालक सदस्यहरुको नियुक्ति गरिएको छ । सरकारले मंगलबार उहाँहरलाई खुल्ला प्रतिश्पर्धाबाट नियुक्त गरिएको हो ।
सदस्यकालागि कुल एक सय जनाको आवेदन परेकोमा सबै आवेदनको मूल्याङ्कन पश्चात पाँच सदस्यको चयन गरिएको बोर्ड सदस्य छनोट समितिले जनाएको छ । नवनियुक्त सदस्यहरुमा सन्तोष पोखरेल, खुमबहादुर सुवेदी, श्रीजना केसी, पेम्बा शेर्पा र डा शोभिता श्रेष्ठ ढकाल रहनु भएको छ ।