पात्रो

रेडियो

समाचार खोजी

आजको मौसम पूर्वानुमान : कोशी र बागमतीमा अति भारी वर्षाको चेतावनी

साझा अर्थ संवाददाता २९ असार २०८३, सोमवार

काठमाडौँ, २९ असार । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना जनाएको छ। मनसुनी वायुको सक्रिय प्रभाव तथा मनसुनको न्यून चापीय रेखा सरदर भन्दा माथि नेपालको तराई नजिक रहेकाले यस्तो अवस्था सिर्जना भएको हो।

हाल देशभर सामान्यतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा मधेस र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनीमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिममा आंशिक बदलीको सम्भावना छ।

हिमाली क्षेत्रमा कोशी, बागमती र गण्डकीका धेरै तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा/हिमपात हुनसक्छ। त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी तथा तराई र मधेसका अधिकांश स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका पहाडी केही तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ।

रातिको समयमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा अधिकांश बदली रहनेछ। कोशी र बागमतीका हिमाली धेरै स्थान, गण्डकीका केही र अन्य प्रदेशका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षा/हिमपात हुनेछ। कोशी, बागमती, गण्डकीका पहाडी/तराईका धेरै, लुम्बिनीका केही तथा कर्णाली र कोशी र बागमती प्रदेशका पहाडी/तराई तथा मधेसका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी तथा कोशी र बागमतीका पहाडी एक–दुई स्थानमा अति भारी वर्षाको चेतावनी दिइएको छ।

महाशाखाले मनसुन सक्रिय रहेकाले गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको उच्च जोखिम रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ। यसले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पार्न सक्ने चेतावनी दिइएको छ।

64 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु