पात्रो

रेडियो

समाचार खोजी

नेपाल एसबिआई बैंकद्वारा गैर-बैंकिङ सम्पत्ति लिलामीको घोषणा

साझा अर्थ संवाददाता २९ असार २०८३, सोमवार

काठमाडौँ, २९ असार: नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा आएका गैर-बैंकिङ सम्पत्तिहरू कर्जा धितो सुरक्षण लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले एक सार्वजनिक सूचना जारी गर्दै जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रद्वारा यी सम्पत्तिहरू बिक्री गर्न लागेको जनाएको हो।

बैंकका अनुसार लिलाम गर्न लागिएका सम्पत्तिहरूमा विभिन्न स्थानमा रहेका जग्गा तथा घर-जग्गाहरू समावेश छन्। यो प्रक्रियामा सहभागी हुन इच्छुक इच्छुक व्यक्ति, फर्म, कम्पनी वा संस्थाहरूले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आफ्ना सर्त र कबुलियत मूल्य स्पष्ट खुलाई शिलबन्दी बोलपत्र टेन्डर पेस गरिसक्नुपर्नेछ।

बोलपत्र फारम र लिलामी हुने सम्पत्तिको विस्तृत विवरण जस्तै स्थान, क्षेत्रफल र अन्य सर्तहरू बैंकको प्रधान कार्यालय वा सम्बन्धित शाखा कार्यालयहरूबाट प्राप्त गर्न सकिनेछ। रीतपूर्वक प्राप्त भएका बोलपत्रहरूमध्ये सबैभन्दा बढी मूल्य कबोल गर्ने आवेदकलाई सम्पत्ति हस्तान्तरण गरिने बैंकले जनाएको छ। साथै, प्राप्त बोलपत्रहरू स्वीकृत गर्ने वा आंशिक रूपमा स्वीकार गर्ने वा पूर्ण रूपमा अस्वीकार गर्ने सम्पूर्ण अधिकार बैंकमा सुरक्षित रहने स्पष्ट पारिएको छ। तोकिएको १५ दिने म्याद नाघेर आएका आवेदनहरूमाथि कुनै कारबाही नहुने बैंकले उल्लेख गरेको छ।

15 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु