पात्रो

रेडियो

समाचार खोजी

निर्माण व्यवसायी महासंघद्वारा सार्वजनिक खरिद ऐन संशोधनको स्वागत

साझा अर्थ संवाददाता ३१ असार २०८३, बुधवार

काठमाडौँ, ३१ असारः नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधनलाई पूर्वाधार क्षेत्रको विकासका लागि सकारात्मक कदम भएको भन्दै स्वागत गरेको छ । महासंघले मंगलवार विज्ञप्ति जारी गद्र्रै खरिद ऐन संशोधनको स्वागत गरेको हो । 

महासंघका महासचिव शिवहरी घिमिरेद्वारा जारी प्रेस विज्ञप्तिमा सार्वजनिक खरिद ऐनको संशोधनले कम मूल्यमा ठेक्का हाली काम लिने प्रथाको अन्त्य गरी औषत बिधिबाट ठेक्का प्राप्त गर्ने ब्यवस्था गर्नु अत्यन्त सकारात्मक रहेको उल्लेख छ । 

विज्ञप्तिमा समयमा नै गुणस्तरीय काम सम्पन्न गर्ने सम्बन्धित कर्मचारीलाई प्रोत्साहन, बोनस तथा अन्य सुविधा उपलब्ध गराउने, निर्माण व्यवसायीलाई पनि तोकिएबमोजिम प्रोत्साहन र प्रशंसापत्र प्रदान गर्ने, कार्यसम्पादन जमानत पाँच प्रतिशतमा सीमित गर्ने तथा कम्पनी एकीकृत भएमा दुवै कम्पनीको योग्यता गणना गर्ने व्यवस्थालाई सकारात्मक कदमका रूपमा उल्लेख गरिएको छ।

त्यसैगरी बोलपत्र पेश गर्ने समयावधि घटाउने, सार्वजनिक खरिद पुनरावलोकन समितिको निर्णय कार्यान्वयनलाई बाध्यात्मक बनाउनेलगायतका व्यवस्थाले सार्वजनिक खरिद प्रणालीलाई थप व्यवस्थित, पारदर्शी र मर्यादित बनाउँदै पूर्वाधार विकासले गति लिने विश्वास महासङ्घले व्यक्त गरेको छ।

महासङ्घले संशोधित ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नियमावली तथा कार्यविधि समयमै तर्जुमा गरी लागू गर्न सरकारसँग आग्रहसमेत गरेको छ।

66 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु