काठमाडौ,२९ असार : नदीमा लेदो युक्त पानी बहन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै रसुवागढी जलविद्युत केन्द्र बन्द गरिएको छ । ल्हेन्दे खोलामा आइतबार साँझ पानीको सतह बढ्दै लेदोयुक्त बाढी आउन थालेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै जलविद्युत केन्द्र अस्थायी रुपमा बन्दगरिएको हो ।
१११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन अस्थायी रूपमा बन्द गरिएको जलविद्युत केन्द्रले जानकारी दिएको छ । खोलाको अवस्था सामान्य रहेमा आज बेलुकाबाट जलविद्युत केन्द्र पून सञ्चालनमा ल्याउने तयरी रहेको छ ।
गत वर्ष असार २४ गते आएको बाढीले आयोजनाको बाँधसहित विभिन्न संरचनामा ठूलो क्षति पुर्याएको थियो। त्यसपछि मर्मत तथा पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको आयोजना पुनः प्रभावित हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरुङतर्फ पानी लैजाने गेट बन्द गरिएको केन्द्रको भनाई रहेको छ ।