पात्रो

रेडियो

समाचार खोजी

माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको आईपीओ बाँडफाँड सम्पन्न

कम्पनीले सर्वसाधारणका लागि गत असार ३ गतेदेखि असार ८ गतेसम्म कुल १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो।

साझा अर्थ संवाददाता १९ असार २०८३, शुक्रवार

 

काठमाडौँ, १९ असार: माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ आज बिक्री प्रबन्धक एनआईएमबी एसिया क्यापिटल लिमिटेडको कार्यालयमा सफलताका साथ बाँडफाँड गरिएको छ। कम्पनीले सर्वसाधारणका लागि गत असार ३ गतेदेखि असार ८ गतेसम्म कुल १४ लाख २७ हजार ६०० कित्ता सेयर निष्कासन गरेको थियो।

यस निष्कासनमा कुल २८ लाख १५ हजार ६७९ वटा योग्य आवेदनमार्फत ३ करोड १ लाख १९ हजार ८८० कित्ताका लागि माग परेको थियो भने ४७ हजार २३० वटा आवेदन रद्द भएका थिए। मागभन्दा अत्यधिक बढी आवेदन परेकाले गोलाप्रथा प्रणालीमार्फत गरिएको बाँडफाँडमा भाग्यमानी १ लाख ४२ हजार ७६० जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। कम्पनीले सोलुखुम्बु जिल्लामा १२ मेगावाट क्षमताको दूधकुण्ड खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। लगानीकर्ताले सिडिएससीको आईपीओ नतिजा पोर्टल, मेरोसेयर र बिक्री प्रबन्धकको वेबसाइटमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन्।

72 Shares
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

साझा अर्थ संवाददाता

सबैको अर्थ, साझा अर्थ

साझा अपडेटस्

सम्बन्धित समाचारहरु